जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • महिला कर्मचारी माथी याैन दुर्व्यवहार गरेर १ दिन प्रहरी खोरमा बसेका एनआईसी बैंकका कम्पनी सचिव माथी किन भएन कारवाहीः ब्याजदर बढाउनुको रहस्य के ?

महिला कर्मचारी माथी याैन दुर्व्यवहार गरेर १ दिन प्रहरी खोरमा बसेका एनआईसी बैंकका कम्पनी सचिव माथी किन भएन कारवाहीः ब्याजदर बढाउनुको रहस्य के ?

सधैं विवादमा फस्दै आएको एनआईसी एशिया बैंक फेरि संकटमा फस्दै आएको छ भन्दा अब फरक पर्दैन । एनआईसी एशिया बैंकबाट ग्राहकहरुले धमाधम फिक्स डिपोजिटमा राखेको पैसा अन्य वाणिज्य बैंकमा लगेपछि फाल्गुन महिनामा यस बैंकले डिपोजिट ब्याजदर बढाएको छ । प्रायः सबै बैंकहरुले एउटै ब्याजदर फाल्गुन महिनाको लागि प्रकाशन गरेपछि एनआईसी एशिया बैंकले कर्जा लगानी नभएको बेला ब्याजदर बढाएर पैसा बैंकमा तान्ने हर्कत गरेको एक सिइओले पंक्तिकारसंग बताए । साधारण बचत खातामा एनआईसी एशिया बैंकले ३.१० प्रतिशत ब्याजदर दिने भएको छ भन्दा अब फरक पर्दैन ।

कम्पनी सचिव माथी किन भएन कारवाही ?

एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्की माथी आफ्नै बैंकमा कार्यरत पूर्व प्रशिक्षार्थी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ भन्दा फरक पर्दैन । एनआईसी एशिया बैंकका कम्पनी सचिव कार्की माथी यौन दुव्र्यवहारमा प्रहरीमा उजुरी परेपछि १ दिन प्रहरी खोरमा बसेको खुलेको छ । भोलिपल्ट दुवैपक्षबीच सहमती गरि उनी छुटेका व्यक्ति हुन् । एक बैंकका उच्च कर्मचारीले पंक्तिकारलाई भनेः– उहाँ यौन दुव्र्यवहारमा १ दिन जेल बसेर आउनु भयो । हाम्रै बैंकका पुर्व प्रशिक्षार्थी कर्मचारी माथी यौन दुव्र्यवहार भएको आरोप उनीमाथी लागेको छ नि ।

बैंकमा यौन दुव्र्यवहार गरेको मान्छेलाई कम्पनी सचिव बनाएर सुशासनको धज्जी उडाउदै आए पनि राष्ट्र बैंक बेखबर झै बसेको छ भन्दा फरक पर्दैन गभर्नर साब कारण के हो ? केही दिन मै हुने यस बैंकको साधारण सभामा यिनै यौन दुव्र्यवहारको आरोप लागेका कम्पनी सचिव कार्कीले नै कार्यक्रम चलाउने भएका छन् भन्दा फरक पर्दैन । साधारण सभामा कम्पनी सचिवका बारेमा कुरा उठाउने एक प्रमोटर शेयरधनीले पंक्तिकारसंग बताए ।

भनिन्छ एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्की र ती एक पूर्व प्रशिक्षार्थी कर्मचारीबीच प्रहरी कार्यलयमा महिला कर्मचारीलाई जागिर दिने र कार्कीले माफी माग्ने भद्र सहमती भएको खुलेको छ । तर, बैंक नेतृत्व जनताको पैसा भएको बैंकमा यौन दुव्र्यवहार गरेको मान्छेलाई कम्पनी सचिव बनाएर सुशासनको धज्जी उडाउदै आए पनि राष्ट्र बैंक बेखबर झै बसेको छ भन्दा फरक पर्दैन गभर्नर साब कारण के हो ? केही दिन मै हुने यस बैंकको साधारण सभामा यिनै यौन दुव्र्यवहारको आरोप लागेका कम्पनी सचिव कार्कीले नै कार्यक्रम चलाउने भएका छन् भन्दा फरक पर्दैन । साधारण सभामा कम्पनी सचिवका बारेमा कुरा उठाउने एक प्रमोटर शेयरधनीले पंक्तिकारसंग बताए ।

फाल्गुन महिनामा कुन बैंकको व्याजदर कति ?

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले फागुन महिनामा महिनामा बैंकले साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले बढाएको छ ।

कुमारी बैंक
कुमारी बैंकले फागुनका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले यसपटक व्यक्तिगत बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज तोकेको छ । बैंकले मुद्दती खाताको दीर्घकालीन ब्याजदर भने ०.२५ प्रतिशत घटाएको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले आगामी महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेस्ट बैंक
एभरेस्ट बैंकले फागुन महिनाका लागि साधारण बचत एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दी खातामा क्रमशः ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ ।

हिमालयन बैंक
फागुन महिनाका लागि हिमालयन बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले फागुनमा साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।

नबिल बैंक
नबिल बैंकले फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ । योबाहेक अन्य सबै प्रकारका ब्याजदर समेत यथावत रहेका छन् ।

नेपाल बैंक
नेपाल बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिने जनाएको छ । यो अघिल्लो महिनाकै निरन्तरता हो ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत ब्याज दिनेछ ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज तोकेको छ ।

एनएमबि बैंक
एनएमबि बैंकले फागुन महिनामा बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ ।

प्रभु बैंक
प्रभु बैंकले आगामी महिना बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ । बैंकले गत महिना पनि ब्याजदर यथावत राखेको थियो ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्शियल बैंकले फागुन महिनाका लागि पनि ब्याजदर यथावत राखेको छ । यस अनुसार बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ । बैंकले गत महिना पनि ब्याजदर घटबढ गरेको थिएन ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको छ ।

सानिमा बैंक
सानिमा बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । सचेत भया ।

510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका