जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश प्रस्ताव पारित

आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश प्रस्ताव पारित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको हो। सभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले पारित लाभांश प्राप्त गर्नेछन्।

1855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका