जोडिनुहोस
बुधबार, चैत्र १२, २०८१
बुधबार, चैत्र १२, २०८१
  • होमपेज
  • नवील स्टक डिलरद्वारा ग्लोबल मनि विकको अवसरमा लगानी सचेतना कार्यक्रम सञ्चालन

नवील स्टक डिलरद्वारा ग्लोबल मनि विकको अवसरमा लगानी सचेतना कार्यक्रम सञ्चालन

नबिल स्टक डिलर लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा आयोजना गरेको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
यस कार्यक्रमको उद्देश्य युवाहरूलाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न तथा नेपाली पूँजी बजारमा लगानी अवसरहरू अन्वेषण गर्न शिक्षित र सचेत गराउनु रहेको कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ।

ग्लोबल मनि विक एक वार्षिक विश्वव्यापी सचेतना अभिवृद्धि अभियान हो, जसले सुनिश्चित गर्दछ कि युवा पुस्ता प्रारम्भिक उमेरदेखि नै वित्तीय रूपमा सचेत बनून् र उनीहरू क्रमशः वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप, दृष्टिकोण र व्यवहारलाई आत्मसात् गर्दै वित्तीय कल्याण तथा वित्तीय स्थिरता प्राप्त गर्न सक्षम बनून्। यस वर्षको नाराका रूपमा ‘सोचेर निर्णय गरौं, भोलि बुद्धिमानीपूर्वक खर्च गरौं'( “Think before you follow, wise money tomorrow.”) राखिएको छ।

नबिल स्टक डिलर लिमिटेडले नेपाल धितोपत्र बोर्डको आह्वान र समर्थनमा मार्च १७ देखि २३ सम्म यो कार्यक्रम आयोजना गर्यो, जसले युवा तथा प्रारम्भिक उमेरका व्यक्तिहरूलाई लगानी शिक्षा तथा सचेतनामा सशक्त बनाउन महत्वपूर्ण कोशेढुङ्गा स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले गण्डकी प्रदेशको वालिङ स्याङ्जास्थित नेपाल आदर्श क्याम्पस, लुम्बिनी प्रदेशको पाल्पास्थित तानसेन मल्टिपल क्याम्पस, काजिमौवा पाल्पा तथा तानसेन पाल्पास्थित पाल्पा आवासिया माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्यो। यस कार्यक्रमबाट २०० भन्दा बढी विद्यार्थीहरूले वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप तथा व्यवहार सिक्ने अवसर प्राप्त गरे।

ग्लोबल मनी विक २०२५ को समर्थनमा, नबिल स्टक डिलरले एक्सेल बिजनेस कलेज, नयाँ बानेश्वरसँगको सहकार्यमा स्टक डिलर भ्रमण कार्यक्रम पनि सञ्चालन गर्यो, जसमा विद्यार्थीहरूलाई डिलरको कार्यप्रणाली, पूँजी बजारमा स्टक डिलरको भूमिका तथा व्यावहारिक परिदृश्यहरूको बारेमा जानकारी प्रदान गरिएको थियो ।

६५० भन्दा बढी सहभागीहरूलाई समेट्ने यो लगानी शिक्षा तथा सचेतना कार्यक्रम नबिल स्टक डिलर लिमिटेडद्वारा सफलतापूर्वक सम्पन्न गरिएका प्रमुख पहलकदमीहरूमध्ये एक हो।

नबिल बैंकको पूर्ण स्वामित्वमा सञ्चालित नबिल स्टक डिलर लिमिटेड, जसले दलाल नम्बर ७७ अन्तर्गत कार्य गर्दछ, देशकै ठूला स्टक डिलर, बजार निर्माता तथा शेयर दलालहरूमध्ये एक हो। यसले ग्राहकका वित्तीय लक्ष्यहरू अनुरूप ब्रोकरेज सेवा, पिएमएस(पोर्टफोलियो म्यानेजमेन्ट सेवा), मार्जिन ट्रेडिङ तथा डिपोजिटरी पार्टिसिपेन्ट जस्ता विविध धितोपत्र विनिमय सेवाहरू प्रदान गर्दै आएको छ।

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?