जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • एनआईसि एशिया बैंक कर्मचारी संघको स्थापना दिवस: कर्मचारीहरूलाई सम्मान

एनआईसि एशिया बैंक कर्मचारी संघको स्थापना दिवस: कर्मचारीहरूलाई सम्मान

एन आई सि एशिया बैंक कर्मचारी संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ।

यस विशेष अवसरमा,विभिन्न प्रदेशमा सप्ताह ब्यापी कार्यक्रम आयोजन गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ। उनीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले संस्थाको समग्र प्रगति र सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यस सम्मान कार्यक्रम प्रदेशगत रूपमा आयोजित गरिएको छ, जसअनुसार कोशी, मधेश र गण्डकी प्रदेशहरूमा कार्यक्रम सम्पन्न भइसकेका छन्। आगामी दिनहरूमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि यस्ता सम्मान कार्यक्रमहरू आयोजना गरिनेछन्।

एन आई सि एशिया बैंक कर्मचारी संघले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिँदै कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्दै कर्मचारी र संस्थाको समग्र हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका