जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको १९ औं साधारण सभा सम्पन्न

एनएलजी इन्स्योरेन्सको १९ औं साधारण सभा सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु माथि छलफल भई पारित गर्ने भएको छ ।

कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले आव २०८०/८१ को सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँको २.५० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव तथा सो बोनस सेयरमा लाग्ने कर समायोजनार्थ ०.१३१५७९ प्रतिशत नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सोही सभाबाट कम्पनीको आव २०८१/८२ को लागि एससी लाल एसोशियटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भएको छ ।

1460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?