जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा  छुट

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा  छुट

सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा स्वास्थ्य र फिटनेस सेवामा विशेष छुटको व्यवस्था गरिएको छ । 

सानिमा बैंक र गोरखा नगरपालिका- ६ मा अवस्थित संगम मेडिहेल्थ क्लिनिक तथा गोरखा फिटनेस क्लब बीचको सम्झौताअनुसार अब बैंकका सेवाग्राहीहरूले विभिन्न सेवामा २० देखि ५० प्रतिशतसम्मको छुट पाउने भएका छन्।

सम्झौता अनुसार संगम मेडिहेल्थमा ल्याब परीक्षण, डेन्टल सेवा, हामेल बडी चेकअप तथा फिजियो थेरापी सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ । यस्तै, गोरखा फिटनेस क्लबमा भर्ना शुल्कमा ५० प्रतिशत छुट र मासिक शुल्कमा २० प्रतिशत छुट दिइनेछ ।

सो सम्झौतामा सानिमा बैंकको तर्फबाट शाखा प्रबन्धक प्रवीण न्यौपाने र संगम मेडिकल हल तथा गोरखा फिटनेस क्लबका सञ्चालक संगम बाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंकले आफ्नो ग्राहकलाई थप सुविधा पुर्याउन देशभर विभिन्न अस्पताल, क्लिनिक र फिटनेस सेन्टरसँग सहकार्य गर्दै आएको छ । गोरखामा भएको यो सहकार्यले बैंकका ग्राहकलाई थप स्वास्थ्य लाभ पुग्ने विश्वास लिइएको छ ।

1520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका