जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अब महालक्ष्मी विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

अब महालक्ष्मी विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सेवा सुरु गरेको छ । डिजिटल बैंकिङलाई अझ प्रविधिमैत्री र सहज बनाउने लक्ष्यसहित बैंकले यो सुविधा औपचारिक रूपमा सुरु गरेको हो ।

अब विदेशबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट तथा मनी ट्रान्सफर कन्ट्रोल नम्बर मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा प्रविष्ट गरेपछि रकम सिधै खातामा जम्मा हुनेछ । यसमार्फत १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरुमार्फत पठाइएको रकम सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

नयाँ सेवाको सुरुआतसँगै अब ग्राहकले रेमिट्यान्स रकम लिन काउन्टर वा एजेन्टकोमा पुग्नुपर्ने झन्झट अन्त्य हुने, लाइनमा बस्नुनपर्ने र समयको समेत बचत हुने बैंकको विश्वास छ ।

डिजिटल नवप्रवर्द्धनको क्षेत्रमा अग्रणी मानिने महालक्ष्मी विकास बैंक मोबाइल एपमै यस्तो सेवा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज सेवा दिने नीतिअनुसार मोबाइल एप्लिकेसनलाई निरन्तर परिष्कृत गर्दै लैजाने बैंकको प्रतिबद्धता छ ।

1340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका