जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • कुमारी बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्‍यो भर्चुअल क्रेडिट कार्ड सेवा

कुमारी बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्‍यो भर्चुअल क्रेडिट कार्ड सेवा

कुमारी बैंकले फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। यो सेवा आफ्नो मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहजरुपमा लिन सकिने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

भर्चुअल क्रेडिट कार्ड भौतिक कार्ड होइन। यो डिजिटलरूपमा जारी गरिने क्रेडिट कार्ड हो। ग्राहकले कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सेवा लिन सक्नेछन्।

फोनपेको क्यूआर मर्चेन्टहरुमा भुक्तानी कारोबार गर्न यो भर्चुअल क्रेडिट कार्ड ग्राहकले अधिकतम ४५ दिनसम्म बिनाब्याज उपभोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार ग्राहकले सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सक्नेछन्।

690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका