जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारी सरुवा

राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारी सरुवा

नेपाल राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारीको सरुवा भएको छ । सरुवा हुनेमा सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारी रहेका छन् । विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो । यसअघि एकैपटक सरुवा नगरिने चलन थियो ।

राष्ट्र बैंकको सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ ।

पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ। यस्तै, ३८ उपनिर्देशकको एकै पटक सरुवा भएको छ । सरुवा हुनेमा ६६ सहायक निर्देशक पनि छन् । हाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर विदेश यात्रामा छन् ।

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका