जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • चाडपर्वमा राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा

चाडपर्वमा राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा वृद्धि गरेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरुका लागि परिपत्र जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा बढाइएको जनाएको हो ।

विभागले बडादशैं, तिहार र छठ जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यस्तो सीमा बढाएको हो । जसअनुसार एक व्यक्तिले एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिन्थ्यो । यो व्यवस्था असोज १३ गतेदेखि असोज २१ गतेसम्म र कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि लागू हुनेछ ।

उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम विभागलाई जानकारी गराउन सम्पूर्ण भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई निर्देशन समेत दिइएको छ ।

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?