जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • ५० रुपैयाँका नयाँ नोट चीनमा छापिने

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने

नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त कम्पनीलाई छपाइको जिम्मा दिएको हो।

राष्ट्र बैंकका अनुसार, ५० रुपैयाँका कुल ४२ करोड थान नयाँ नोट छाप्नका लागि उक्त कम्पनीलाई एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइनेछ। नयाँ नोट छपाइका लागि सहभागी कम्पनीहरूमध्ये सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनीलाई जिम्मा दिने निर्णय बैंकले गरेको हो।

यसअघि पनि नेपाल राष्ट्र बैंकले विभिन्न मूल्यका नोट छपाइका लागि विदेशी कम्पनीहरूसँग सम्झौता गर्दै आएको छ। यो सम्झौता अन्तर्गत नयाँ नोट उच्च सुरक्षात्मक गुणस्तरका साथ छापिने र क्रमशः बजारमा ल्याइने बताइएको छ।

405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका