जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • तीन करोड लगानीमा दरबारमार्गमा खुल्यो स्टारबोस कफी

तीन करोड लगानीमा दरबारमार्गमा खुल्यो स्टारबोस कफी

काठमाडौंको दरबारमार्गमा टक्सार ग्रुप अफ कम्पनीले स्टारबोस कफीको आउटलेट खोलेको छ।

आउटलेटको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ र कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे। कम्पनीले पूर्व मिस नेपाल श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर समेत नियुक्त गरेको छ।

कम्पनीका अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने उदेश्यले तीन करोड लगानी गरेर आउटलेट तयार पारेको दाबी गरे। उनले एग्रेसिभ रुपमा आउटलेट विस्तार गर्ने बताउँदै तीनकुने र इमाडोलमा आउटलेट निर्माण भइरहेको जानकारी दिए।

‘हामीले यो ब्राण्डलाई एग्रेसिभ रुपमा विस्तार गर्न खोजेका छौं। त्यही भएर तीनकुने र इमाडोलमा आउटलेट निर्माणलाई तीब्रता दिएका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘सम्भाब्यता हेरेर काठमाडौं उपत्यकावाहिर पनि आउटलेट विस्तार हुनेछ।’ कार्यक्रममा नबिल बैंकका सीइओ ज्ञवालीले अत्यन्तै कठिन अवस्थामा पनि ठूलो लगानीमा कफी ब्राण्ड खोल्नु सकारात्मक रहेको बताए।

455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका