जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बने डा. प्रकाशकुमार श्रेष्ठ

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बने डा. प्रकाशकुमार श्रेष्ठ

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

यसअघि आयोगका सदस्य रहेका डा. श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । उनी गभर्नर बन्ने प्रतिस्पर्धामा रहेकाले त्यसअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, सरकारले पछि गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेपछि डा. श्रेष्ठ आयोगमै फर्किएका हुन् ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठलाई पनि नियुक्त गर्ने निर्णय गरेको छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका