
सरकारले नेपालमा लाग्दै आएको ठूला दरका भारतीय नोटको प्रतिबन्ध फुकुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट ओसारपसारमा फुकुवा गरेको हो । यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो ।
आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत चलनचल्तीका लागि ओसारपसारको व्यवस्था गरेको थियो । भारतले २०१६ मा ठूला दरका भारु नोटहरूको नोटबन्दी गरेको थियो । सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए । ‘नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,’ मन्त्री खरेलले पत्रकार समक्ष भने ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































