जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आईएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले ल्यान्डमार्क होटल एन्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दुई संस्थाबीच छुट उपलब्ध गराउने विषयमा समझदारी भएको छ ।

समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटल एन्ड रिर्सोटका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन र भैरहवामा सञ्चालति होटल एन्ड रिसोर्टहरूले १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने छन् ।

बैंकका ग्राहकले ती होटल एन्ड रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एन्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

समझदारी अनुसार रिसोर्टले उपलब्ध गराउने सेवा उपभोग गरे बापतको भुक्तानी बैंकका डेबिट/क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लसमार्फत गर्ने ग्राहकले छुट प्राप्त गर्नेछन् ।

2000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?