जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • प्रभु बैंकको कर्जा दुरुपयोग फाइल खोल्ने नेपाल प्रहरीको सिआईबीले एनआईसी एशिया बैंक भित्रका सयौं कर्जा घोटला फाइल खोल्ने हिम्मत किन राख्दैन ?

प्रभु बैंकको कर्जा दुरुपयोग फाइल खोल्ने नेपाल प्रहरीको सिआईबीले एनआईसी एशिया बैंक भित्रका सयौं कर्जा घोटला फाइल खोल्ने हिम्मत किन राख्दैन ?

दिउँसो १ः०० बजेदेखि रातीको १ः०० बजेसम्म प्रभु बैंकको केन्द्रीय कार्यालयमा घेरा हालेर बैंकको छैटौ तल्लाका दुई वटा कोठा लाती र बुट हानेर फुटाएको नेपाल प्रहरीको सिआईबीले बैंकको सिइओ डिसिइओ लगायत ४ जनालाई पक्राउ गरेर अनुसन्धन गरिरहेको छ तर, सधैं विवाद, चर्चा र कर्जा दुरुपयोगमा फस्दै आएको एनआईसी एशिया बैंक भित्रका सयौं कर्जा दुरुपयोग फाइल खोल्ने हिम्मत किन राख्दैन यो चाहि खोजी बै विषय बनेको छ ।

३ खर्ब ४० अर्ब भन्दा बढि निक्षेपकर्ताहरको पैसा रहेको प्रभु बैंकमा जनताको विश्वास डगमगाउने गरि प्रहरीले धरपकड गर्‍यो । मान्छे मार्ने अपराधी जस्तै गरेर राती १ बजेसम्म बैंक घेरेर आतंक मच्चाउदै कर्मचारी पक्राउ पर्‍यो । यसैकारण अहिले प्रभु बैंकबाट करिब १० अर्ब डिपोजिट निक्षेपकर्ताहरुले झिकेर अन्तै बैंकमा लगेको भेटिएको छ । भने कर्जा प्रवाह ठप्प छ । बैंक कर्मचारी आतंकीत बनेका छन् । यसको असर प्रभु बैंकमा मात्रै छैन । अन्य १९ वाणिज्य बैंकमा पनि परेको छ भन्दा फरक पर्दैन । तर, सयौं कर्जा फाइलमा घोटला भएको एनआईसी एसिया बैंकको फाइल खोल्ने जमर्को किन सिआईबीले गर्दैन ? यो चाहि खोजीकै विषय बनेको छ । भन्दा अब फरक नपर्ला ।

राजीनामा दिँदैमा बदमासी गर्नेलाई छुट हुँदैन । यति बेला एनआईसी एशिया बैंकको सिइओमा सुजित कुमार शाक्य रहेका छन् । तर उनीले पनि पुर्व सिइओ न्यौपानैकै बाटोमा बैंक चलाउँदै आएको भेटिएको छ ।

नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण टोलीले नै सयौं कर्जा फाइलमा घोटला भएको भेटेपछि तत्कालीन एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेले राजिनामा दिएका थिए । राजीनामा दिँदैमा बदमासी गर्नेलाई छुट हुँदैन । यति बेला एनआईसी एशिया बैंकको सिइओमा सुजित कुमार शाक्य रहेका छन् । तर उनीले पनि पुर्व सिइओ न्यौपानैकै बाटोमा बैंक चलाउँदै आएको भेटिएको छ । यति सम्मकी एनआईसी एशिया बैंकका सञ्चालकहरुकै दर्जनौ कम्पनीहरुमा घुमाउरो बाटोबाट कर्जा गएको छ । यो पुष्टि राष्ट्र बैंककै स्थलगत निरिक्षण प्रतिवेदनबाटै भएके छ । तर, प्रहरीको सिआईबी यो फाइल उजुरी आएपनि किन खोल्दैन ? यो हाम्रो खोजीको विषय बनेको छ । गभर्नर साब हेक्का होस् ।

प्रभु बैंक भित्रका २ वटा कर्जा फाइलमा १५ दिन भन्दा बढि समय लगाएर बैंकका सिइओ, डिसिइओ लगायतलाई अनुसन्धान गर्दै आएको सिआईबीले ४ वटा वाणिज्य बैंक भित्र पनि अनुसन्धान जारी रहेको र केही समय भित्रै ४ सिइओ पक्राउ हुने समाचार सञ्चारमाध्यामहरुबाट सुूचना दिँदै आएको छ । त्यस मध्येको एउटा बैंक हो एनआईसी एशिया बैंक यसका पूर्व सिइओ रोशन कुमार न्यौपाने माथी पनि अनुसन्धान भइरहेको सिआईबी स्रोतको दाबी छ ।

एनआईसी एशिया बैंकका एक सञ्चालकले पंक्तिकारसंग भने पूराना सञ्चालकका कर्जा फाइल लुकाउने, राष्ट्र बैंकले निरिक्षणमा उठाएका गल्ती कमजोरी मिलाउने शर्तमा नै शाक्यलाई बैंक अध्यक्षज्यूले भित्र्याउनु भएके हो नि भूपेन्द्रजी ।

सिआईबी स्रोतले पंक्तिकारलाई भन्यो एनआईसी एशिया बैंकका घोटला कर्जाका फाइल मिलाउने लुकाउने काम हालका सिइओ सुजित कुमार शाक्यबाट हुने भएकोले हामीले नजिकबाटै हेरिहेका छौ नि । एनआईसी एशिया बैंकका एक सञ्चालकले पंक्तिकारसंग भने पूराना सञ्चालकका कर्जा फाइल लुकाउने, राष्ट्र बैंकले निरिक्षणमा उठाएका गल्ती कमजोरी मिलाउने शर्तमा नै शाक्यलाई बैंक अध्यक्षज्यूले भित्र्याउनु भएके हो नि भूपेन्द्रजी । उनीकै शब्द सापटी लिने हो भने सिइओ शाक्यले बैंक भित्र बदमासी गर्ने रोशन कुमार न्यौपानेको टिमलाई कोर टिम बनाएर बैंक भित्रका बदमासीका फाइल लुकाउने कार्यमा लागि परेको देखिन्छ । सचेत भया ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका