
वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर तोकेका छन्। २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्, भने ७ वटाले अघिल्लै दर कायम राखेका छन्।
पुसमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.८३४ प्रतिशत रहेको छ, जबकि मंसिरमा यो दर ५.०४ प्रतिशत थियो। ब्याजदर घटेसँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ।
कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई बैंकले ब्याजदर घटाएका छन्।
माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंकले ब्याजदर यथावत् राखेका छन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































