जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्सको लाभांश घोषणा

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको ६.३१५८ प्रतिशत लाभांश अन्तर्गत ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कुल १८ करोड ४६ लाख रुपैयाँ लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ हाराहारीमा छ ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका