जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकको आंशिक शाखाहरु खुल्ने

ज्योति विकास बैंकको आंशिक शाखाहरु खुल्ने

COVID-19 को विश्वव्यापी संक्रमणको अवस्थामा अत्यावश्यक सामाग्री तथा सेवा आपूत्र्तिको लागि आवश्यक वित्तिय सेवा सुचारु गर्ने उद्देश्यले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको शाखा कार्यालयहरु यथासम्भव खोल्ने व्यवस्था मिलाउन दिएको निर्देशनको यस ज्योति विकास बैंक लि. हार्दिक स्वागत गरेको छ ।

उक्त सूचनाहरु तथा यस विकास बैंकले आफ्ना कर्मचारी, ग्राहकवर्ग तथा समस्त नागरिकहरुको स्वास्थ्य संवेदनशिलतालाई मनन गर्दै आफ्ना सेवाहरु सूचारु गर्ने विषयमा अर्को सूचना जारी नहुँदा सम्मको लागि निम्न बमोजिमको व्यवस्था मिलाईएको छ

देशभरीका सम्पूर्ण शाखा कार्यालयहरु सम्बन्धीत स्थानीय निकाय र स्थानीय प्रशासनहरुसँगको समन्वयमा प्रत्येक तीन कार्य दिनमा एक दिन बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्म खोल्ने व्यवस्था मिलाएको छ । स्थानीय निकाय र स्थानीय प्रशासनबाट परिस्थिति बमोजिम शाखा कार्यालय खोल्न उपयुक्त नहुने सुझाव प्राप्त भएको खण्डमा सोही बमोजिम निर्देशित हुने बताएको छ । प्रत्येक शाखा कार्यालयहरु खुल्ने दिनहरु निम्न बमोजिम रहेका छन् ।

सेवा प्रदान गरिने दिनहरु  खुल्ने शाखाहरु
काठमाडौं उपत्यकाभित्र काठमाडौं उपत्यका बाहिर
आइतवार र बुधवार  पेप्सिकोला, सातदोवाटो, कालिमाटी, गोगंबु, सरस्वतीनगर, ठमेल, रातोपुल, सुन्धारा, बानेश्वर र साँखु दमक, धरान, झुम्का, गाइघाट, जनकपुर, सिन्धुली, चपुर, परवानिपुर, फापरवारी, नारायणगढ, बट्टार, गल्छी, छहरे आवुखैरनी, पोखरा, बेनी, वालिङ्ग, बर्दघाट, अमुवा, गढवा, क्वाडी, घाराही, समशेरगंज, धम्वोजी, सुर्खेत र हसुलिया
सोमवार र विहिवार कमलादी, च्यामासिंह, प्रयागपोखरी, सिनामगंल, बलम्बु, नेपालटार, माहाराजगंज, झम्सीखेल, सितापाइला र असन विर्तामोड, खोर्साने, विराटनगर, खोटाङ्ग, रामगोपालपुर, बनेपा, निजगढ, विरगंज, पर्सा, देउराली रानिपौवा, समुद्रटार, देवघाट, थर्पु, लेकसाइड, तानसेन, भैरहवा, जितपुर, दरभान, बाग्दुला, तुल्सीपुर, कोहलपुर, गुलरिया, जाजरकोट र महेन्द्रनगर
मंगलवार र शुक्रवार न्युरोड, जोरपाटी, बोडे, चापागाँउ, कोटेश्वर, किर्तिपुर, बालाजु, टोखा र फुटुङ्ग पथरी, इटहरी, रुपनी, गोलबजार, बर्दिवास, हरिवन, सिमारा, हेटौडा, भरतपुर, सामरी रातमाटे, त्रिशुली कावासोती, तालचोक, घान्द्रुक, बाग्लुङ्ग, बुटवल, पडसरी, मौरिघाट, भिग्री, मच्छी, कपुरकोट, पुष्पलालचोक, राजापुर र धनगढी

शाखा कार्यालयहरु खुले तापनि हालको अवस्थामा संक्रमणबाट आफु पनि बच्न र सम्पूर्ण राष्ट्रलाई बचाउन बैंकिङ्ग कारोवार सकेसम्म यस विकास बैंकका डिजिटल बैंकिङ्गका माध्यमहरु जस्तै कनेन्ट आईपिइस, मोबाईल बैंकिङ्ग, क्यूआर कोट, तथा इन्टरनेट बैंकिङ्ग मार्फत गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । मोबाइल बैंकिङ्ग नलिनुभएका ग्राहक महानुभावहरुले गुगल प्ले स्टोर तथा एप्पल स्टोरबाट ज्योति स्मार्ट एप डाउनलोड गरी सो सेवा आफै सुचारु गरी लिन सक्नुहुनेछ ।

यस ज्योति विकास बैंकको एटिएम कार्ड प्रयोग गरेर यस विकास बैंकका एटिएमहरु लगायत अन्य कुनैपनि बैंक तथा वित्तिय संस्थाहरुको एटिएमबाट निशुल्क पैसा निकाल्न सकिनेछ । सेवा प्रदान गर्ने क्रममा संक्रमणबाट बच्नको लागि अपनाउनुपर्ने निम्न बमोजिमका सावधानीहरु अपनाईदिनु हुन सम्पूर्ण ग्राहक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

एक पटकमा शाखा भित्र ५ जना भन्दा बढी सेवाग्राहीहरु नछिरिदिनु होला । यस सम्बन्धमा प्रत्येक शाखामा रहेका सुरक्षाकर्मीहरु सँग उक्त विषयको जानकारी लिएर मात्र भित्र छिर्नुहोला । सेवा लिन कुरेर शाखा बाहिर बस्दा समेत अन्य व्यक्तिहरुसँग कम्तिमा २ मिटरको दुरी कायम गरिदिनुहोला ।
शाखा कार्यालयभित्र छिर्दा कतै पनि हातले नछोइकन शाखा कार्यालय भित्र तोकिएर राखेको घेरामा उभिएर आफ्नो पालो कुर्नु होला तथा आफूले लिन चाहेको सेवाको बारेमा उक्त घेरा भित्र बसेर टाढैबाट त्यहाँ रहेका कर्मचारीहरु सँग कुरा गरी उक्त कर्मचारीले सुझाव गरे बमोजिम गर्नुहोला ।्

सेवा लिने क्रममा तपाईंका केहि गुनासा तथा अन्य जानकारीहरु लिनुपर्ने भई शाखामा रहेका कर्मचारीहरु बाट उपयुक्त परामर्श नपाएमा यस विकास बैंकका निम्न बमोजिमका कर्मचारीहरुलाई सम्पर्क गर्नुहोला ।

क्र.स सम्र्पक व्यक्ति फोन नम्बर सेवाका लागि तोकिएको क्षेत्र
सुदिप ढकाल ९८०२३१४०१३ एटिएम तथा डिजिटल सेवाहरु
रेशम आर्चाय ९८०२३१४००९ एटिएम तथा डिजिटल सेवाहरु
रोशन थापा ९८०२३१४१०१ काठमाडौं उपत्यकाका बैकिङ्ग सेवा
बलदेव थापा ९८०२३१४००६ काठमाडौं उपत्यकाका बैकिङ्ग सेवा
प्रेमेश्वर शाक्य ९८०२३१४०८५ प्रदेश नं. १ का बैकिङ्ग सेवा
मोहन राज गिरी ९८०२३१४०८८ प्रदेश नं. २ र हेटांैडाका बैकिङ्ग सेवा
विशाल लामिछाने ९८०२३१४०९१ प्रदेश नं. ४ र चितवनका बैकिङ्ग सेवा
कपिल न्यौपाने ९८०२३१४०९४ प्रदेश नं. ५, ६ र ७ का बैकिङ्ग सेवा
राकेश डंगोल ९८०२३१४०१४ नुवाकोट र धादिङ्ग का बैकिङ्ग सेवा

यस अत्यन्त संवेदनशिल घडीमा तपाईं सेवाग्राही तथा कर्मचारीहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गरेर यस विकास बैंकले जारी गरेको यस सूचना बमोजिम सेवा लिई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ ।

20870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका