जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच विशेष छुट सम्झौता

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच विशेष छुट सम्झौता

नेपाल बैंक लिमिटेड र चावहिलमा रहेको मेडिकेयर हस्पिटल छुट प्रदान गर्ने सम्झौता भएको छ। नेपाल बैंककाकार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लि. को तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटलबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका