जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • सानिमा रिलायन्सद्वारा धुलिखेलको एक विद्यालयमा ब्रेल शैक्षिक सामाग्रीहरु बितरण

सानिमा रिलायन्सद्वारा धुलिखेलको एक विद्यालयमा ब्रेल शैक्षिक सामाग्रीहरु बितरण

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सन्जीवनी माबि धुलिखेल काभ्रेका दृष्ट्रि समबन्धी अपांगता भएका बिधार्थीहरुलाई ब्रेल लीपीका शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

उक्त बेरल शैक्षिक सामाग्रीहरु सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री लगायत एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा सन्जीवनी माबि लाई हस्तान्तरण गरिएको हो।

हाल यस विद्यालयमा २८ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । ब्रेल शैक्षिक सामग्रीहरूले नेत्रहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्छन्। यसले समान शैक्षिक अवसर प्रदान गर्दै समावेशी शिक्षा र भविष्यका उच्च शिक्षा तथा रोजगारीका अवसरमा मद्दत गर्छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने योजना रहेको जनाएको छ।

यस्ता प्रयासहरू मार्फत कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समेत समान रूपमा अघि बढाउने विश्वास लिएको छ। साथै, भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?