जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बीमा कम्पनीहरुले परम्परागत बीमालेख मात्र बिक्री गरेर हुँदैन : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरुले परम्परागत बीमालेख मात्र बिक्री गरेर हुँदैन : अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको आफ्नै खालको व्यवसायिक रणनीति हुनुपर्ने र बीमा व्यवसायलाई स्वच्छ, स्थीर, दिगो र नाफामूलक बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवालले पूँजीको अधिकतम् सदुपयोग हुनेगरी अघि बढ्न निर्देशन दिएका छन् । साथै उनले बीमा कम्पनीहरुलाई काठमाण्डौ उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहसम्म पुगेर बीमा व्यवसाय विस्तार गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष सिलवालले भने, ‘बीमा गर्न नागरिकहरू बीमा कम्पनी खोज्दै आउने होइन, कम्पनीहरू नै नागरिकको घरमा जानुपर्छ, कम्पनीहरू व्यवसायिक किसिमले अघि बढ्नुपर्छ । मर्जर भएका बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, लगानीका लागि पर्याप्त पूँजी भएको छ, मर्जरबाट बीमा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ ।’बीमा कम्पनीहरुमा रहेको रकम नागरिकको भएकाले बीमा कम्पनीहरू नागरिकहरूप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले परम्परागत बीमालेख मात्र बिक्री गरेर नहुने बताए ।

उनले भने, ‘बीमालेखलाई भूगोल र बजारले खोजे अनुरूप परिमार्जन गर्नुपर्छ, राष्ट्र निर्माणमा योगदान पुग्ने गरी लगानी निर्देशिका बमोजिम लगानी विविधीकरण गर्नुपर्छ, बीमा कम्पनीको समग्र जिम्मेवारी सञ्चालक समितिको हो, सञ्चालक समितिले कम्पनीका क्रियाकलापहरूको निगरानी गर्नुपर्छ ।’अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले प्राधिकरणमा पठाउनुपर्ने विवरणहरू समयमा नै पठाउन, शाखा उपशाखाको व्यवस्थापन गर्दा पर्याप्त अध्ययन गर्न, दण्ड तथा जरिवाना गर्नुपर्ने अवस्था आउन नदिन र न्यूनतम कागजातका आधारमा सहजरूपमा दाबी भुक्तानी गर्न पनि सहभागीहरुको ध्यानाकर्षण गराए।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले पूँजी बृद्धिको निर्णय गरेपश्चात् बीमा कम्पनीहरू पूँजी पुर्‍याउन स्वतःस्फुर्तरूपमा मर्जरमा गएको उल्लेख गर्दैै कम्पनीहरूले तोकिएको अवधिभित्र पूँजी पुर्‍याउनुपर्ने र त्यसका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए । उनले बीमा कम्पनीहरूको मर्जरपश्चात् विशेषगरी कर्मचारीहरूका सम्बन्धमा गुनासाहरू आएकाले आन्तरिकरूपमै समाधान गर्न पनि निर्देशन दिए ।

कार्यक्रममा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेलले प्राधिकरणमा बीमा कम्पनीहरूबाट पेश भएका प्रस्तावहरू तत्कालै स्वीकृत हुने गरेको र प्रोडक्ट कोडिङ सम्बन्धी कार्य भइरहेको बताइन् ।उनीहरुले मर्जरपछि मानव स्रोत व्यवस्थापनमा बढी समस्या देखिएको, पूँजी बृद्धिको तुलनामा व्यवसाय नबढेको, बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बुझाउन र शाखा तथा उपशाखा व्यवस्थापन गर्न थप समय लागेको, मर्जरपश्चात् कर छूट लगायतका सहुलियत पाउन बाँकी रहेको लगायतका गुनासो गरेका थिए ।

कार्यक्रममा मर्जर भएका बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूले मर्जरपश्चात्को अवस्थाका बारेमा मिश्रित धारणा राखेका थिए ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका