जोडिनुहोस
बिहिबार, पुस २४, २०८२
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • देउराली सहकारीका अध्यक्षविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

देउराली सहकारीका अध्यक्षविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो ।

चौलागाईंसँगै सहकारीका उपाध्यक्ष पूजा खत्री, राजेन्द्र खत्री र मनोज भण्डारीविरुद्ध पनि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गरेको छ । खत्री चौलागाईंकी श्रीमती समेत हुन् भने राजेन्द्र जेठान हुन् ।

उनीहरुले सहकारीको रकम अपचलन गरेको र सहकारीकै पैसाले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र झापामा जग्गा खरिद गर्नुका साथै विभिन्न कम्पनी खडा गरेर लगानी गरेको समेत भेटिएको विभागले निष्कर्ष निकालेको छ ।

यसरी सहकारीको पैसा अपचलन गरेर व्यक्तिगत स्वार्थपूर्तिका लागि खर्च गरेको भेटिएपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार २ अर्ब ६८ करोड ५१ लाख १६ हजार ४ सय ३१ रुपैयाँ ५२ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । त्यस्तै, उनीहरुको नाममा रहेको घरजग्गा समेतका सम्पत्ति जफत गर्न पनि माग गरिएको छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका