जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

बैंकको पुस २८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा २ जना गरी ५ जना निर्वाचित गरेको थियो ।

संस्थापकबाट राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारणबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।साधारणसभापश्चात् बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

1510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका