जोडिनुहोस
आइतवार, माघ ५, २०८२
आइतवार, माघ ५, २०८२
  • होमपेज
  • राष्ट्र बैंकको विद्युतीय सवारी कर्जा नीति विरुद्ध सर्वोच्चको परमादेश

राष्ट्र बैंकको विद्युतीय सवारी कर्जा नीति विरुद्ध सर्वोच्चको परमादेश

सरकारले विद्युतीय सवारी साधन इभी गाडिलाई निरुत्साहित गर्ने गरी बनाएका कर नीतिहरू बदर गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । त्यस्तै सहरहरूमा साइकल लेन र प्रदूषणरहित यातायातको व्यवस्था गर्न र वातावरण संरक्षणका लागि दीर्घकालीन कार्ययोजना बनाउन सरकारका नाममा परमादेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो ।

सर्वोच्चले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न भनेको छ भने यसबारे स्पष्ट र स्थिर नीति बनाउन परमादेश जारी गरेको छ । परमादेशमा नेपाल राष्ट्र बैंकले २०८१ पुस २९ मा जारी गरेको विद्युतीय सवारी कर्जासम्बन्धी संशोधित निर्देशन र सरकारले विद्युतीय सवारी साधन मा बढाएको कर सम्बन्धी निर्णयहरू बदर गर्न भनिएको छ । राष्ट्र बैंकले विद्युतीय सवारी खरिदमा दिइँदै आएको सहुलियतपूर्ण कर्जा र भुक्तानी प्रक्रियामा फेरबदल गर्ने निर्णयलाई बदरको माग गरी प्रकाशमणि शर्मा एकेडेमी फर पब्लिक इन्ट्रेस्ट लका तर्फबाट अधिवक्ता रूपा बस्नेत, सञ्जय अधिकारी र राज मोहन सिंहसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाई निवेदन दिएका थिए ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण वायु प्रदूषण बढाउन सघाउ पुर्‍याइरहेको र काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको र यसले नागरिकको औसत आयु घटाउनुका साथै बर्सेनि हजारौँको मृत्यु भइरहेको तथ्य रिटमा उल्लेख गरिएको थियो ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?