जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नागरिक लगानी कोषको २६ औं साधारणसभा सम्पन्न

नागरिक लगानी कोषको २६ औं साधारणसभा सम्पन्न

नागरिक लगानी कोषले  आफ्ना शेयरधनीहरुलाई ९ प्रतिशत बोनस शेयर दिने भएको छ।

कोषको २६ औं वार्षिक साधारणसभाबाट पारित भएसँगै शेयरधनीले ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका हुन्।

साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित समेत गरेको कोषले जनाएको छ।

कोषका अनुसार कोभिड–१९ को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितीको बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइ साधारणसभा सम्पन्न गरिएको हो।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको जनाएको छ ।

साधारणसभामा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थिती बारे जानकारी दिएका थिए ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्व ७२ अर्ब रुपैयाँ  संकलन र १ खर्व ७१ अर्व  ९७ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको तथा खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको बताइएको छ ।

कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिसकेको जानकारी समेत कोषले दिएको छ ।

कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको उक्त अवसरमा जानकारी दिइयो ।

5480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका