
सानिमा बैंकले बिगमार्टले क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ ।
उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ । यो योजना २०८३ साल असारसम्मका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































