जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • सानिमा लाईफ इन्स्योरेन्सको कन्चन विकाश बैकबीच वीमा सम्वन्धि संझौता

सानिमा लाईफ इन्स्योरेन्सको कन्चन विकाश बैकबीच वीमा सम्वन्धि संझौता

यस सानिमालाईफ इन्स्योरेन्स लिमिटेडले मिति २०७५ माघ ९ गते कञ्चन बिकास बैक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कन्चनपुरसंग वीमा सम्वन्धि संझौता गरेको छ ।

महेन्द्रनगरमा छुटाछुटै आयोजीत संझौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना, कञ्चन बिकास बैकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त संझौताअनुशारदुवै संस्थाहरुको सम्पुर्ण शाखाहरुबाट ग्राहकहरुले सानिमालाईफ इन्स्योरेन्स लिको उत्कृष्ट वीमा सेवाउपभोग गर्न सक्ने छन ।

उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगाएतको उपस्थीती रहेको थियो ।

13690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका