जोडिनुहोस
शुक्रबार, माघ १०, २०८२
शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • एकैदिन सुको मूल्य प्रतितोला ९ हजार बढ्यो

एकैदिन सुको मूल्य प्रतितोला ९ हजार बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रति तोला ३ लाख एकहजार पुगेको छ । एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल् प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य पनि बढेर तोलाको ६ हजार १९० रुपैयाँ पुगेको छ ।

सुनको मूल्य र इतिहास
सुनको मूल्यमा ऐतिहासिक दृष्टिले धेरै उतार–चढाव आएका छन् । १९७० र १९८० को दशकमा ऊर्जा संकट र उच्च मुद्रास्फीतिको समयमा सुनको मूल्य तीव्र रूपमा बढेको थियो । लगानीकर्ताहरू मुद्रास्फीतिबाट बच्न सुनमा आकर्षित भए। त्यस्तै, १९७९ मा अमेरिकी अर्थतन्त्रले दोहोरो अंकको मुद्रास्फीतिसँग संघर्ष गरिरहेको अवस्थामा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको थियो । त्यसपछि २००१ मा सेप्टेम्बर ११ को आतंकवादी हमला, २००८ को वैश्विक वित्तीय मन्दी र २०२०–२१ को महामारीको समयमा पनि सुनको मूल्यमा वृद्धि भएको थियो । यी सबै अवस्थाहरूमा सुनले लगानीकर्तालाई सुरक्षित विकल्प दिएको थियो । तर सन् २०२५ मा सुनको मूल्य वृद्धिले ती अघिका सबै घटनालाई पछि पार्दै तीव्र गति कायम राखेको छ ।

नेपालमा सुनको मूल्य
नेपालमा सुनको मूल्यको इतिहास लामो र विविध छ, जसले देशको आर्थिक परिप्रेक्ष्य र अन्तर्राष्ट्रिय बजारका उतारचढावलाई प्रतिविम्बित गर्दछ। नेपालमा सुनको मूल्यको ऐतिहासिक रेकर्डहरूको अभाव भए तापनि, २००० को दशकको अन्त्यतिर सुनको मूल्य प्रति तोला १५ हजारदेखि २० हजार रुपैयाँको बीचमा थियो। यस अवधिमा सुनको मूल्य स्थिर र मध्यम स्तरमा रहेको थियो । त्यसको एक दशकमा अर्थात सन २०१० तिर सुनको मूल्यमा अलि धेरै बृद्धि भएर गयो सन २०१० मा नेपालमा सुनको मूल्य लगभग ३०,००० रुपैयाँमा प्रततोला कायम थियो । यो मूल्य त्यस समयमा स्थिर रूपमा बढ्दै गयो, तर २०१५ मा सुनको मूल्य प्रति तोला ५० हजार रुपैयाँ नाघेको थियो । त्यस यता सुनको मूल्य फेरि स्थिर थियो करिव २०२० तिर सुनको मूल्य एकलाख भन्दा कम थियो । यो ५ बर्षको अन्तरालमा सुनको मूल्य अत्याधिक बढेको पाइन्छ ।

सुन आयात उल्लेखनीय
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालमा सुन आयात उल्लेखनीय दरले बढेको छ। भन्सार विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म ६ सय १ किलो काँचो सुन र करिब ५ किलो सुनका गरगहना आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा मात्र १ सय १३.५ किलो सुन आयात भएको थियो। विभागले सुन आयात बढ्नुको मुख्य कारण सुनको मूल्य वृद्धिसँगै लगानीकर्ताको आकर्षण बढ्नु भएको उल्लेख गरेको छ।

पछिल्लो समय बजारमा सुनको माग तीव्र रूपमा बढेको र आपूर्ति कम भएको कारण अभाव सिर्जना भएको थियो। सरकारले यसै कारण सुन आयात कोटा दैनिक २० किलोबाट २५ किलो पुर्‍याएको थियो। सुन आयातमा वृद्धिले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याएको र लगानीकर्ताहरूको सुनतर्फको रुचि बढाएको विभागको विश्लेषण छ। चालु त्रैमासमा काँचो सुनको आयातबाट करिब १० अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ, जसबाट सरकारले १ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै, सुनका गरगहना आयातबाट ७ करोड १५ लाख रुपैयाँ बराबरको मूल्यमा ३४ लाख रुपैयाँ राजस्व आम्दानी भएको छ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
सर्लाही ४ गगन कि सिंह ?