जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता, के छ सुविधा ?

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता, के छ सुविधा ?

नेपालकf लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ ।

नजिकिँदै गरेको दसैंतिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन सम्झौता भएको कम्पनीले जनएको छ ।

सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जनरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंकको रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकमार्फत सहुलियत दरमा फाइनान्स सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलर र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।

रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत रेनोका ग्राहकले ७ लाखसम्मको छुटका साथै इजी फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरलगायतका लाभ पाउन सक्नेछन् ।

 

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका