जोडिनुहोस
बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • निर्वाचनमा ड्रोन प्रयोग गर्न प्रतिबन्ध

निर्वाचनमा ड्रोन प्रयोग गर्न प्रतिबन्ध

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा ड्रोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार समितिको बैठक राखेर निर्वाचनमा ड्रोन प्रयोग गर्ने रोक लगाउने निर्णय गरेका हुन्।

बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने निर्णय गरेको छ।

यस्तै, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा गर्ने निर्णय भएको बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

उनका अनुसार निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने निर्णय गरिएको छ।

गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधि सदस्य रहने समितिको बैठकमा निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरिएको थियो।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनको सुरक्षा मामिलामा कुनै कमजोरी हुन नदिनका लागि ‘हाइअलर्ट’मा रहेर काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए।


200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका