जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भोलि सार्वजनिक बिदामा पनि बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

भोलि सार्वजनिक बिदामा पनि बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

भोलि घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ । उपत्यकामा सार्वजनिक बिदा भएपनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी , आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन बैंक तथा वित्तिय संस्थालाई यस्तो निर्देशन दिएको हो ।

4215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका