जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख

लक्ष्मी बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख

लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२० प्रतिशत बढी हो। शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखाएको हो ।
असार मसान्तसम्ममा बैंकले

बैंकको खुद ब्याज आम्दानी ७.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.६५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७.६६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.४१ गुणा रहेको छ ।  प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ३२ पैसा रहेको छ।  बैंकको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ४७.२९ प्रतिशत बढेको छ।

3035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका