जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पूर्वी रुकुममा रिलायन्स लाइफको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

पूर्वी रुकुममा रिलायन्स लाइफको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी रुकुममा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ अन्तर्गत सञ्चालन गरिएको हो । समितिले प्रत्येक बीमा कम्पनीलाई बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम गर्न जिल्ला विभाजन गरिएको थियो ।

नेपालगंजका एरिया म्यानेजर रुद्र प्रसाद अधिकारीका अनुसार सो कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमले बीमा सम्बन्धी जनचेतना बढाउनेमा कम्पनी विश्वास राखेको छ ।

साथै, बीमा समितिको यस महत्वपूर्ण कार्यक्रमले सर्वसाधारणमा बीमाको महत्व बढाउने र बजारमा बीमा सम्बन्धी रहेको नकारात्मक भ्रमहरु हटाउन मद्दत गर्ने अधिकारीले बताए ।

4535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका