जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अर्थमन्त्री शर्माद्वारा शंकर ग्रुप र सौरभ ग्रुपलाई साढे ३ अर्ब भन्दा बढि कर छुट, अर्बैको चलखेलः प्रधानमन्त्री बेखबर !

अर्थमन्त्री शर्माद्वारा शंकर ग्रुप र सौरभ ग्रुपलाई साढे ३ अर्ब भन्दा बढि कर छुट, अर्बैको चलखेलः प्रधानमन्त्री बेखबर !

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त डरलाग्ने काम मुलुककै अर्थमन्त्री जनार्दन शर्माले गरेको फेला परेको छ । अर्थमन्त्री शर्माले बजेट मार्फत आफू निकट मानिएका शाहिल अग्रवाल (शंकर गु्रप) र विष्णु न्यौपाने (सौरभ गु्रप)लाई साढे ३ अर्ब भन्दा बढि कर छुट दिएर अर्बै आर्थिक चलखेल गरेको भेटिएको छ । एक ठूलो मिडियाका मालिकले यि दुई समूहसंग ठूलो धनराशी लिएर अर्थमन्त्री शर्मालाई पु¥याएपछि यत्रौ ठूलो कर छुट दिएको खुलेको छ । कथा मिठो छ हामी जस्ता निरिह जनताको करबाट तलब भत्ता लिने अर्थमन्त्री शर्माले यसरी कर छुट दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने तयारी अर्को एक व्यापारी घरानाले गरेको भेटिएको छ ।

बजेट मार्फत कर छुट दिएर राज्यको सम्पत्ती बाँड्ने अधिकार अर्थमन्त्रीलाई छैन । भनिन्छ बजेट मार्फत शंकर गु्रपका साहिल अग्रवाललाई २ अर्ब कर छुट दिएको छ भने अर्का सौरभ गु्रपका विष्णु न्यौपानेलाई डेढ अर्ब कर छुट दिएको खुलेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाज्यू छानबीन होस् । जनताको करबाट कर छुट दिने अधिकार कसैलाई छैन । विगत देखिनै यो परम्परा चल्दै आएको देखिन्छ । तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले विशाल गु्रपलाई यस्तै छुट दिएर कर घटाएर अर्बै चलखेल गरेको भेटिएको थियो । भनिन्छ साहिल अग्रवाल, विष्णु न्यौपाने लगायत ४ व्यापारी घरानालाई कर छुट दिने बजेटमा ल्याएर अर्बै राज्यको सम्पत्ती माथी लुट मच्चाएका छन् । यो चाहि खोजी बै विषय बनेको छ ।

मुलुकका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेटमा पनि कर छुटको बहानामा व्यापारी पोस्ने काम गरेको देखिन्छ । चालू आर्थिक बर्षको झैं आगामी आर्थिक वर्षको बजेटमा पनि अर्थमन्त्री शर्माले पहिलो बजेटमै पोसेका व्यवसायीलाई पोस्ने कामलाई निरन्तरता दिएको भेटिएको छ प्रधानमन्त्रीज्यू हेक्का होस् । यस अगाडीको बजेटमा स्पन्ज आइरन ल्याएर बिलेट उत्पादन गरि फलाम तथा डण्डी बनाउने उद्योगलाई भन्सार र अन्तशुल्क छुट दिने निर्णय गरेर अर्थमन्त्री शर्माले एउटा समुहलाई ठुलो आर्थिक लाभ दिएको भेटिएको छ । अर्थमन्त्री शर्माले आर्थिक बर्ष २०७९–८० को लागि ल्याएको बजेटमा पनि सोहि समुहलाई नै करोडौं फाइदा हुनेगरि व्यवस्था गरेका बजेटबाटै प्रस्ट देखिन्छ । प्रधानमन्त्रीज्यू हेक्का होस् ।

कर छुटको नाममा दुई पटकको बजेटबाट अर्थमन्त्री शर्माले आफु निकट शाहील अग्रवाल र उनको समुहलाई झन्डै २ अर्ब माथि कर छुट दिएको भेटिएको छ । यो नीतिगत भ्रष्टाचार नभए के हो ? अग्रवाल र न्यौपानेसंग सम्बन्धीत स्पन्ज आइरनलाई भन्सार र अन्तशुल्क छुट दिने अर्थमन्त्री शर्माको निर्णयले नेपालमा झन्डै १०० अर्ब भन्दा बढीको लगानी भएका अरु २४ वटा फलाम तथा डण्डी उद्योग (बिलेट ल्याएर फलाम र डण्डी बनाउने उद्योग) प्रत्यक्ष मारमा परेका छन् भन्दा फरक पर्दैन ।

यस अगाडीको बजेटमा जसरी स्पन्ज आइरनमा भन्सार र अन्तशुल्क छुट दिएर अर्थमन्त्री शर्माले व्यवसायी शाहील अग्रवाल र बिष्णु न्यौपाने समुहलाई वार्षिक डेढ अर्ब फाइदा हुने निर्णय गरे । त्यसैगरि अहिले पनि अर्थमन्त्री शर्माले मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशत शुल्क छुट दिने निर्णय गरेर शाहील अग्रवाल र बिष्णु न्यौपाने समुहलाई मासिक डेढ करोड र बार्षिक १८ करोड फाइदा हुने व्यवस्था गरेर अर्बौ रुपैया हात पारेको देखिन्छ । प्रधानमन्त्री ज्यू !

यस अगाडीको बजेटमा स्पन्ज आइरन ल्याएर बिलेट उत्पादन गरि फलाम तथा डण्डी बनाउने उद्योगलाई भन्सार र अन्तशुल्क छुट दिने निर्णय गरेर अर्थमन्त्री शर्माले एउटा समुहलाई ठुलो आर्थिक लाभ दिएको भेटिएको छ । अर्थमन्त्री शर्माले आर्थिक बर्ष २०७९–८० को लागि ल्याएको बजेटमा पनि सोहि समुहलाई नै करोडौं फाइदा हुनेगरि व्यवस्था गरेका बजेटबाटै प्रस्ट देखिन्छ । प्रधानमन्त्रीज्यू हेक्का होस् ।

यस अगाडीको बजेटमा पनि अर्थमन्त्री शर्माले स्पन्ज आइरन उद्योगलाई भन्सार र अन्तशुल्क छुट दिने नाममा शाहिल अग्रवालको शंकर ग्रुप र बिष्णु न्यौपानेको सौरभ ग्रुप लगायतका अरु ४ उद्योगीलाई बार्षिक डेढ अर्ब भन्दा बढी कर छुट दिएका थिए । अर्थमन्त्री शर्माले अहिलेको बजेटमा पनि मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने निर्णय गरेर शाहील अग्रवालको शंकर ग्रुप र बिष्णु न्यौपानेको सौरभ ग्रुपलाई झन्डै १८ करोड करोड डर लाग्दो छुट दिएको भेटिएको छ । यसबारे प्रधामन्त्री शेरबहादुर देउवाले उत्तर दिनु पर्दछ कि पर्दैन ?

कर छुटको नाममा दुई पटकको बजेटबाट अर्थमन्त्री शर्माले आफु निकट शाहील अग्रवाल र उनको समुहलाई झन्डै २ अर्ब माथि कर छुट दिएको भेटिएको छ । यो नीतिगत भ्रष्टाचार नभए के हो ? अग्रवाल र न्यौपानेसंग सम्बन्धीत स्पन्ज आइरनलाई भन्सार र अन्तशुल्क छुट दिने अर्थमन्त्री शर्माको निर्णयले नेपालमा झन्डै १०० अर्ब भन्दा बढीको लगानी भएका अरु २४ वटा फलाम तथा डण्डी उद्योग (बिलेट ल्याएर फलाम र डण्डी बनाउने उद्योग) प्रत्यक्ष मारमा परेका छन् भन्दा फरक पर्दैन । प्रधानमन्त्री शेरबहादुर देउवाज्यु ?

आफ्ना नजिकका व्यापारीलाई पोस्ने र अरुलाई डस्ने काम गरिनु हुँदैन । जनताको करबाट कर छुट दिने देउवा सरकारले अर्थमन्त्री शर्माको डरलाग्ने योजनाको सर्वत्र विरोध भएको छ । राज्यले यस्ता व्यक्तिवादी निर्णय गर्दै जाने हो भने माओवादी अध्यक्षले एक कार्यक्रममा भने जस्तै बालेन र हर्क चुनौती बन्ने छन् ।

अहिले पनि मासिक १० करोड भन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशत बिद्युत महशुल शुल्कमा छुट दिने निर्णयले यी दुई व्यवसायी मात्रै लाभान्वित भएका छन् । नेपालमा मासिक १० करोड भन्दा बढी बिद्युत खपत गर्ने उद्योगहरुमा शाहील अग्रवालको शंकर ग्रुपले उत्पादन गर्ने जगदम्बा स्टिल र बिष्णु न्यौपानेको सौरभ ग्रुपले उत्पादन गर्ने सर्वोत्तम स्टिल मात्रै रहेको छ । प्रधानमन्त्री देउवाज्यू हेक्का होस् ।
भनिन्छ कानून नियम सबैमा एउटै हुनुपर्दछ । तर, आफ्ना नजिकका व्यापारीलाई पोस्ने र अरुलाई डस्ने काम गरिनु हुँदैन । जनताको करबाट कर छुट दिने देउवा सरकारले अर्थमन्त्री शर्माको डरलाग्ने योजनाको सर्वत्र विरोध भएको छ । राज्यले यस्ता व्यक्तिवादी निर्णय गर्दै जाने हो भने माओवादी अध्यक्षले एक कार्यक्रममा भने जस्तै बालेन र हर्क चुनौती बन्ने छन् । आगामी संसद र प्रदेशको चुनावमा हेक्का होस् । प्रधानमन्त्री शेरबहादुर देउवाज्यू हेक्का होस् । छनवीन तत्कालै होस् । सचेत भया ।

10780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका