जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो ७.३७% लाभांश

आइएमई जनरल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो ७.३७% लाभांश

आइएमई जनरल इन्स्योरेन्सले गत आव २०७७/७८ का लागि ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

इन्स्योरेन्सले आव २०७७/७८ को वितरणयोग्य नाफाबाट कायम चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशतले नगद लाभांश दिने घोषणा छ। 

बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। नियामक बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणले अनुमोदन गरेपछि मात्रै प्रस्तावित लाभांश लगानीकर्ताले पाउने कम्पनीले जनाएको छ।  

इन्स्योरेन्सको चुक्तापुँजी अहिले एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ छ। बोनस वितरण पछि इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब २३ करोड ८६ लाख १७ हजार २० रुपैयाँ पुग्नेछ

5700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका