जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कुमारी बैंकको भिसा कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिटरक्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।

विदेशबाट भिसा डाईरेक्ट मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे । फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिटरक्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्नेछन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक १५ हजारभन्दा बढीको भिसा डाईरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम  ५ सय प्रदान गर्र्नेे व्यवस्था गरिएको बैंकले जनाएको छ ।

4270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका