जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • १८ कम्पनीले पाए आइपीओ निष्काशनको अनुमति, १७ कम्पनी पाइपलाइनमा

१८ कम्पनीले पाए आइपीओ निष्काशनको अनुमति, १७ कम्पनी पाइपलाइनमा

चालु आर्थिक वर्ष २०७७/०७८ मा १८ कम्पनीले प्राथमिक शेयर निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार उक्त कम्पनीहरुलाई सर्वसाधारणका लागि १४ अर्ब ३४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको हो । सबैभन्दा बढी नेपाल इन्फ्राष्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो । यस बैंकमा आवेदन दिने सबैले शेयर प्राप्त गरेका थिए ।

चालु आवमा मध्ये भोटेकोशीले एक अर्ब ५० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएको थियो तर कोरोनाका कारण प्रभावित क्षेत्रमा भैरहेको निष्काशनलाई स्थगित गरेको छ ।
यस वर्ष दुई निर्जीवन बीमा कम्पनी सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले ३०/३० करोड रुपैयाँको शेयर जारी गरेका थिए ।

त्यस्तै नयाँ जीवन बीमा कम्पनीहरु रिलायन्स लाइफ, प्रभु लाइफ र ज्योति लाइफले, युनियन लाइफले आइपिओ निष्काशन गरिसकेका छन् । यसै वर्ष चन्द्रगिरी हिल्सले १८ करोड ४० लाख रुपैयाँको प्राथमिक शेयर जारी गरेको थियो ।

पर्खाइमा १७ कम्पनी

अझै १७ कम्पनी प्राथमिक शेयर निष्काशनको अन्तिम अनुमतिको पर्खाइमा छन् । नेपाल धितोपत्र बोर्डका अनुसार १७ कम्पनीले ५ अर्ब ७१ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएका छन् । यसमा अधिकांश जलविद्युत कम्पनी छन् । त्यस्तै नयाँ जीवन बीमा कम्पनी सानिमा लाइफ र आइएमई लाइफले पनि प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएका छन् ।

डिस होम पनि लामो समयदेखि अनुमतिको पर्खाइमा छ । तेह्रथुम पावरले भने निषेधाज्ञा खुकुलो भएपछि एक करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएको छ । तर सर्वसाधारणलाई सेयर जारी गर्ने मिति भने टुंगो लाग्न बाँकी छ । अन्य १३ वटा हाइड्रोपावर, दुई जीवन बीमा कम्पनी र दुई लघुवित्त कम्पनीको आइपीओ भने अनुमति पाउने प्रक्रियामै रहेको बोर्डले जनाएको छ ।

प्रक्रियामा रहेका हाइड्रोपावरहरुमा सयपत्री, अपर सोलु, दोर्दी खोला, अपर हेवाखोला र ग्रीन भेन्चर हाइड्रोपावर कम्पनीको निवेदन पहिलो चरणमा छ । अनुमति उन्मुख रहेका कम्पनीहरुमा मलुङ खोला, विन्ध्यवासिनी, सामलिङ पावर, हिमालयन, बलेफी, बुद्धभूमि र साहस ऊर्जा जलविद्युत छन् ।

अर्थमन्त्रीले लिने नीतिबाटै शेयर बजारको आगामी यात्र तय

सरकार परिवर्तनसँगै बजेट कार्यान्वयले नयाँ मोड लिएको छ । सर्वाेच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार प्रधानमन्त्रीमा देउवा नियुक्त भइसक्नुभएको छ ।

प्रधानमन्त्री नै परिवर्तन भइसकेपछि यतिबेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको भविष्य के होला ? भन्नेमा सबैमा अन्यौलता छाएको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याइएको थियो ।

उक्त बजेट कार्यान्वयन के होला ? भन्नेमा अहिले अन्यौलता छाएको छ । यसअघिका अर्थमन्त्री विष्णु पौडेलले बजारमैत्री नीति लिएको कारण शेयर बजारले नयाँ उचाइ चुमेको थियो । अहिले अर्थतमन्त्रीमा जनार्दन शर्मा नियुक्त भइसक्नुभएको छ । उहाँले यस अगाडी पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाली सक्नुभएको छ । नयाँ अर्थमन्त्री शर्माले लिने नीतिबाटै शेयर बजारको आगामी यात्र समेत तय हुने लगानीकर्ताहरु बताउँछन् ।

5885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?