जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • नेपाल पुनर्बीमाका अध्यक्ष अर्यालले लिए शपथ ग्रहण

नेपाल पुनर्बीमाका अध्यक्ष अर्यालले लिए शपथ ग्रहण

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल सहित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी लगायतको उपस्थिति थियो ।

मंसिर १९ गते बसेको मन्त्रिस्तरको बैठकले अर्याललाई अध्यक्षमा नियुक्ति गरेको थियो । कम्पनीका निवर्तमान अध्यक्ष रविद्र प्रसाद घिमिरेले पदबाट राजिनामा दिए सँगै सरकारले अर्याललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

कोरोना बीमाको दाबी भुक्तानीका विषयमा कुरा नमिले पछि अध्यक्ष घिमिरेले मार्गप्रस्त गरिदिएका थिए । कोरोना बीमाको दाबी भुक्तानी सहित कतिपय विषयमा घिमिरेले अडान लिए पछि उनलाई चौतर्फी दवाव आएको थियो । उनले बरु पदबाट राजिनामा दिने तर यस्ता निर्णय नगर्ने भन्दै अडान लिए पनि अर्थमन्त्री जनार्दन शर्माले नै उनलाई राजिनामा गर्न सुझाएका थिए ।

सरकारले नयाँ पुनर्बीमा कम्पनी हिमालयन रि-इन्स्योरेन्स कम्पनीलाई पोसाउने गरी नीतिगत निर्णय गरिरहेको छ । सरकारकै स्वामित्व भएको नेपाल पुनर्बीमाको व्यवसायमै असर पुर्याउने गरी प्राधिकरण र नेपाल सरकार लागिपरेका छन् । नव नियुक्त अध्यक्षले सरकारकै असहयोगलाई छिचोल्नु पर्ने चुनौती छ ।

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?