जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • दिपेन्द्र अग्रवालले चलाउँथे १५ जनाको टीएमएस

दिपेन्द्र अग्रवालले चलाउँथे १५ जनाको टीएमएस

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दिपेन्द्र अग्रवालको झुटो कारोबारबारे खुलासा गरेको छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशन रुपेश केसीले तयार पारेको जाँचबुझ प्रतिवेदनमा अग्रवालको झुटा कारोबारको खुलासा गरिएको हो। प्रतिवेदनमा अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका बारेमा भ्रामक कुरा सार्वजनिक गरेर शेयर खरिद गरी संकलन गरेको र पछि भ्रमक कुरा गरेर मूल्य बढाएर बेचेको उल्लेख छ। उनले जोशी हाइड्रोपावरको ७३ हजार ३०७ कित्ता शेयर औसत २७५.७४ रुपैयाँ खरिद गरी औसत ३४२.८५ रुपैयाँमा बेचेको प्रतिवेदनमा खुलाइएको छ।

यसैगरी अग्रवालले १५ जनाको टीएमएस चलाएर शेयर कारोबार गर्ने गरेको जाँचबुझबाट खुलेको छ। अग्रवाल र ज्योति अग्रवालको बैंक खाताको विवरणअनुसार पनि दुवैको कारोबारको राफसाफ एउटै रकम प्रयोग गरेको आधारमा निजीहरुबीच भएको कारोबारमा वास्तविक धनी परिवर्तन नभएको देखिएको धितोपत्रसम्बन्धी ऐनले झुटो कारोबार भएको पुष्टि हुने आधार देखिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै अग्रवालले र उनीसँग सम्बन्धित स्मार्ट डोर्स लिमिटेड र बिक्रीकर्ता ज्योति अग्रवाल भई गरेको कर्पोरेट डेभलपमेन्ट बैंकको २० हजार कित्ता (रु. ४ करोड ९० लाख ३४ हजार)को कारोबार वास्तविक स्वामित्व फरक नपर्ने जाँचबुझबाट खुलेको छ। यस आधारमा अनुसन्धान गर्न धितोपत्र ऐनबमोजिम उजुरी, संकलित विवरण तथा मिसिल प्रहरी प्रधान कार्यालयमा पेस गर्न उपयुक्त हुने देखिएको प्रतिवेदनमा स्पष्ट पारिएको छ।

धितोपत्र बोर्डलाई जाँचबुझ प्रतिवेदनमा अग्रवालले विभिन्न १५ जनाको टीएमएसबाट कारोबार गर्दै आएको र सो कारोबार रकम तिर्ने बुझाउने र दाबी गर्दै आएको व्यहोरबाट सिप्ला सेक्युरिटिजलाई उक्त कारोबारको वास्तविक धनीको विवरण थाहा भए पनि अद्यावधिक नगरी सम्पत्ति शुद्धीकरण निवारण ऐनविपरीत कार्य गरेकोले ३० लाख जरिवाना गर्न सुझाव दिएको छ।

त्यस्तै श्रीकृष्ण सेक्युरिटिजले ज्योति अग्रवाल, सविता अग्रवाल मिता मुरारका अग्रवाल र जय प्रकाश अग्रवालको ग्राहक परिचय विवरण सम्पत्ति शुद्धीकरण निवारण ऐनविपरीत देखिएको प्रतिवेदनमा उल्लेख छ। त्यसैले उक्त सेक्युरिटिजलाई पनि १० लाख जरिवाना गर्न धितोपत्र बोर्डलाई सुझाव दिइएको छ। यही आधारमा अर्को हातेमालो फाइनान्सियल सर्भिसेसलाई पनि १० लाख जरिवाना गर्न सुझाव दिइएको छ।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।