जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आइएमई पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाइने

आइएमई पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाइने

आइएमइ पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाइने भएको छ। कम्पनीका अनुसार यात्रुले यो योजनाअन्तर्गत वायुसेवा कम्पनीमार्फत ७५ रुपैयाँभन्दा बढी र आइएमई पेको ‘बोनस’ प्रोमोकोड मार्फत ५० रुपैयाँ गरी १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउने जनाएको छ।

सोमबारबाट सुरु भएको यो योजना यात्रुले आउँदो असार ६ गतेसम्म पाउने छन्। भुक्तानी सेवा प्रदायक आइएमई पे आइएमई समूहको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको कम्पनी हो। कम्पनीको यो सेवा मार्फत रकम ट्रान्सफर, अनलाइन तथा स्थलगत स्टोरहमा क्युआर स्क्यान, मोबाईल रिचार्ज लगायत सेवा रवाह गर्दै आएको छ। कम्पनीमार्फत २० लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेको बताइएको छ।

3860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?