जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह

भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह

नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गर्दै कनेक्ट आईपीएसलगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवा प्रदायकको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै कम्पनीले सचेत रहन आग्रह गरेको छ । टेलिकमका अनुसार यस्ता सन्देशहरूमा ग्राहकको खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य प्राविधिक समस्या देखिएको भन्दै शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गर्ने गरिएको पाइएको छ ।

यस्ता ठगीपूर्ण गतिविधिबाट बच्न नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । कम्पनीले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न तथा आफ्नो ओटीपी, पासवर्ड, पीन, र सीभीभी जस्ता अत्यन्त गोप्य विवरणहरू कसैसँग पनि साझा नगर्न सुझाव दिएको छ । कुनै पनि लिंक खोल्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गरेर मात्र आफ्ना विवरण सुरक्षित राख्न आग्रह गरिएको छ ।

बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी कुनै पनि जानकारी र कारोबारका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न टेलिकमले सम्झाएको छ । यदि कुनै शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा तत्काल सम्बन्धित संस्थालाई जानकारी गराउन अनुरोध गर्दै कम्पनीले ग्राहकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको र यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सबैमा अपिल गरेको छ ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर