जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाबाट ६६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाबाट ६६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव स्वीकृत भएको छ।

काठमाण्डौमा आज सम्पन्न कम्पनीको विशेष साधारणसभाले चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको १ः०.६६ अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।

सभामा कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले गत आर्थिक वर्ष २०७९–८०को कार्यप्रगतिबारे जानकारी गराएका थिए। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९को तुलनामा गत आर्थिक वर्ष २०७९–८०मा १.८९ प्रतिशतले वृद्धि भई कुल बीमाशुल्क २ अर्ब ४१ करोड आर्जन गर्न सफल भएको वाग्लेले जानकारी दिए।

कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँको कुल दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९४ करोड रुपैयाँ थियो।

कम्पनीको कुल दाबी भुक्तानी रकम अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ करोड अर्थात १०.८३ प्रतिशतले वृद्धि भएको सभामा जानकारी गराइएको थियो।

3990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका