जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले माघ १६ गते बुधबारदेखि काठमाण्डौंको नयाँ बानेश्वरमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरि सञ्चालनमा ल्याएको छ ।

नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन ।

यस विकास बैंकले छिट्टै नै पर्साको वीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बाँकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।

विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

साथै बैंकले गत वर्षको तुलनामा ५४.८१ प्रतिशतले वृद्धि गरी ४३ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफामा आर्जन गरेको छ ।

9775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?