जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मौद्रिक नीति समिक्षा: गभर्नरले भने- कर्जाको ब्याज घटेर ब्यवसायिक मनोबल बढेको छ

मौद्रिक नीति समिक्षा: गभर्नरले भने- कर्जाको ब्याज घटेर ब्यवसायिक मनोबल बढेको छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको ब्याज घट्दा ब्यवसायिक मनोबल बढिरहेको बताएका छन्। यद्यपी निक्षेपको ब्याज धेरै घट्नु चिन्ताको बिषय भएको उनले बताए।

 

चालु बर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै गभर्नर अधिकारीले निक्षेपको ब्याज घट्दा भने राष्ट्र बैंकलाई दाबब परिरहेको उनले बताए। ‘यसपालीको समिक्षामार्फत कर्जाको ब्याज एउटा सीमामा रहोस् र निक्षेपको पनि एउटा सीमामा रहोस् भनेर सोचेका छौं,’ भर्चुअल मध्यमबाट पत्रकार माझ समिक्षा गर्दै गभर्नरले भने।

उनले कोभिडले सबै क्षेत्रलाई प्रभावित पारेको भन्दै यो बेला पनि तरलता नभएको भए अझ धेरै समस्या पर्ने भन्दै अधिक तरलताले फाइदा नै पुर्याएको बताए। ‘अधिक तरलताले हामीलाई केही सहज बनाएको छ। तैपनि हामीले डिपोजिट संकलनबाट १०२ अर्ब र रिभर्स रिपोबाट ६० अर्ब उठाएका छौं,’ उनले भने।

गभर्नरले मंसिर १७ गतेसम्म २१९ अर्ब निक्षेप र २०२ अर्ब कर्जा प्रवाह भएको जानकारी दिँदै यो कर्जा प्रवाहको स्थितिले आगामी दिनमा ऋणको माग अझ आढ्छ भनेर अनुमान गर्न सकिने बताए।

गभर्नरले पुनर्कर्जा कार्यविधि जारीपछि देशका दुर्गम ठाउँका ऋणीले पनि पैसा पाएको भन्दै मंसिर १५ सम्म २३ अर्ब गइसकेको बताए। उनले ४१ हजारले यो पैसा पाएको बताए। यसबाहेक सरकारले ब्याज सहुलियत दिएको ऋण ७२ अर्ब पुगेको बताए। यो ऋण ४१६१८ जनाले पाएको गभर्नरले जानकारी दिए।

3500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका