जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्राधिकरणको नाफा २० अर्ब पुर्‍याउने घिसिङको लक्ष्य

प्राधिकरणको नाफा २० अर्ब पुर्‍याउने घिसिङको लक्ष्य

विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा २० अर्ब रुपैयाँ पुर्‍याएर त्यसैबाट आयोजना अघि बढाउन सकिने बताएका छन्।

पदभार ग्रहण कार्यक्रममा बोल्दै घिसिङले आफूले सरकारको लक्ष्य र मन्त्रीको कार्ययोजना अनुसार काम गर्ने बताए।

उनले पीपीएका लागि पिकिङमा जानै पर्ने बताउँदै कसरी लैजाने भन्ने बारे पर्याप्त छलफल गरेर अघि बढ्ने बताए। त्यसैगरी, चौबीसै घण्टा लोडसेडिङमा बसेका जनतालाई विद्युत दिनेदेखि खेत-खेतमा सिंचाइ फिडर बनाउने विषय घिसिङले प्राथमिकतामा राखेका छन्।

‘स्पील भएको इनर्जी खपत भएको छ। तामाकोसी आउँदा २ महिना स्पिल हुन्छ कि भनेर म प्राधिकरण बाहिर बस्दा पनि भारतीय पक्षसँग कुरा गरिरहेको थिए,’ उनले भने। देशभित्रै विद्युतको माग रहे पनि पर्याप्त प्रसारणलाइन नहुँदा वितरणमा समस्या भएकाले प्रसारणलाइन निर्माण गर्दै जाने बताए। चार वटा टावर निर्माण गर्दा पनि ५०/६० मेगावाट खपत हुने अवस्था रहेको उनको दाबी छ।

प्राधिकरणको पुनर्संरचना गर्न नयाँ ऐनले पनि भनेको भन्दै प्राधिकरणलाई माथि राखेरै रिस्ट्रचरिङ गर्ने भनाइ उनले राखे।

त्यसैगरी, ठेकेदारले काम नगर्ने स्थिति रहेको भन्दै अब त्यो छुट नहुने उद्घोष गरे। ठूलो जोखिम लिएर आफू प्राधिकरणमा आएको भन्दै घिसिङले कसैले पनि ढिलासुस्ती गर्ने छुट नपाउने बताए।

प्राधिकरणले राम्रो प्रदर्शन गर्न सकेको खण्डमा अहिलेको भन्दा राम्रो ‘इन्सेन्टिभ’ दिने घोषणा उनले गरे। आफ्ना भगिनी कम्पनीहरुकै जस्तो सेवा सुविधा खाने गरी प्राधिकरणलाई सुधार गर्दै माथि लैजान उनले आग्रह गरेका छन्।

यस्तै, प्राधिकरणको सर्भिस डेलिभरी अझ राम्रो बनाउने प्रतिबद्धता जनाए। आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता गुनासो व्यवस्थापन र दोस्रो प्राथमिकता आन्तरिक सुशासन रहेको बताए।

वितरण प्रणाली डिजिटलाइजेसन गर्देदेखि स्मार्ट र टीओडी मिटर बाँडेर ट्यारिफ समायोजन गर्नुपर्ने काम आफूले सुरु गर्ने बताए। अण्डरग्राउन्ड केबलिङ सजिलो ठाउँमा मात्रै गरेको देखिएको भन्दै घिसिङले सहरी सौन्दर्यता बढाउन त्यसलाई प्रभावकारी ढंगले उपत्यका सबै ठाउँमा सुरु गर्ने घोषणा गरे।

खेर गएको विद्युतलाई प्रसारण लाइनमा तत्कालै जोड्नुपर्ने पनि उनले बताए। ‘बुटवल-गोरखपुर प्रसारणलाइन अहिलेसम्म भएको रहेनछ। अब यसलाई छिटो बनाउँछौं। बुटवल पश्चिममा ४०० केभी तत्काल सुरु गर्छौं,’ उनले भने।

आफ्नो अघिल्लो कार्यकालमा ठूला आयोजना आएनन् भन्ने आरोपलाई उनले स्वीकार गरेका छन्। यसको सर्वेक्षणमा बढी समय लागेको उनको दाबी छ। घिसिङले माथिल्लो अरुण, तामाकोसी-५, चैनपुर-सेती तत्काल अघि बढाउने बताएका छन्।

3935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका