सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा केदार प्रसाद भट्टराइको टोलीले लुटतन्त्र मच्चाएका छन् । कम्पनीको अध्यक्ष भट्टराइको टोलीले भत्ताको नाममा लुटतन्त्र मच्चाएका हुन् । कम्पनीको संचालकले डबल भत्ताको नाममा लाखौं रकम गोजीमा हालेका छन् । हरेक पब्लिक कम्पनीको संचालकहरुले बैठक भत्ता मात्र लिने गरेकोमा यस सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक बैठक भत्तासँगै मासिक भत्ता समेत लाखौं रकम कुम्ल्याएका छन् । बार्षिक प्रतिवेदन अनुसार कम्पनीले संचालकहरुलाई मासिक भत्ता २२ लाख ७० हजार ६६७ रुपैयाँ र बैठक भत्ता भनेर ३० लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ ।
यस कम्पनीका संचालकहरुले मासिक र बैठक भत्ता भनी डबल भत्ता लिएका छन् । यस विषयमा नेपाल बीमा प्राधिकरणले चासो लिनु पर्ने सेयरधनीहरु बताउँछन् । आफुखसी भत्ता र तलव बृद्धि गरी लाखौं रकम गोजीमा हाल्दै आईरहेका संचालक र उच्च व्यवस्थापनको चलाखीले गर्दा हरेक वर्ष बार्षिक साधारणसभा आउट अफ भ्याली गर्दै आईरहेका छ । केन्द्रमा बार्षिक साधारणसभा गर्दा सेयरधनीको चर्काे विरोध सँगै साधारणसभा सभा रद्द हुने डरले केन्द्र भन्दा बाहिर गर्दै आईरहेको सेयरधनीहरुले बताएका छन् । केन्द्र भन्दा बाहिर साधारणसभा गर्दा सयौं सेयरधनीहरु बार्षिक साधारणसभामा भाग लिनबाट बन्चित भएको सेयरधनी सुरेन्द्र कुमार श्रेष्ठ बताउँछन् । केन्द्रिय कार्यालय चाही काठमाडौंमा हुने, बार्षिक साधारणसभा चाही बाहिरी जिल्लामा किन गर्नु पर्ने ? श्रेष्ठले प्रश्न चिन्ह समेत गर्न भ्याए । कम्पनीले षौष ६ गते बिग होटल विराटनगरमा १७ औं बार्षिक साधारणसभा गर्दैछ ।