जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • वाणिज्य बैंकको नाफा ८ अर्ब ३८ करोडः ११ वटाको घट्यो

वाणिज्य बैंकको नाफा ८ अर्ब ३८ करोडः ११ वटाको घट्यो

चालु आर्थिक वर्ष २०८२।०८२ को पहिलो महिनामा वाणिज्य बैंकले ८ अर्बबढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को साउनको तुलनामा भने ८.६४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका थिए । यसअवधिमा ११ बैंकको नाफा घटेको छ भने ९ बैंकको नाफामा सुधार देखिएको छ ।

साउनमा सर्वाधिक नाफा आर्जन गर्नेमा क्रमशः ग्लोबल आइएमई बैंक र नबिल बैंक अघि भएपनि गत वर्ष साउनको तुलनामा भने घटेको छ । यसअवधिमा ग्लोबलको नाफा १२.०९ प्रतिशतले घटेर ७८ करोढ ४५ लाख र नबिल बैंकको १०.८३ प्रतिशतले घटेर ७१ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.८१ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको नाफा वृद्धिमा आक्रामक देखिएका छन् । राष्ट्रिय वाणिज्यले साउनमा आफ्नो नाफा ५४.८० प्रतिशतले बढाएर ५५ करोड ८३ लाख र नेपाल बैंकले १४६.७६ प्रतिशतले बढाएर ५५ करोड २७ लाख रुपैयाँ पुराएका हुन् ।

यसअवधिमामा प्राइम बैंकको नाफा ०.१२ प्रतिशतले घटेर ५० करोड ४९ लाख र कुमारी बैंकको २.२० प्रतिशतले घटेर ४९ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । ्

यता, एभरेष्ट बैंकको नाफा भने १४.४१ प्रतिशतले बढेर ४८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । साथै, एनएमबि बैंकको नाफा समेत ९.२५ प्रतिशतको बढोत्तरी भई ४६ करोड ६७ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरेको छ ।

हिमालयन बैंकको नाफा भने दोहोरो अकंले घटेको छ । साउनमा बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ३०.४६ प्रतिशतले घटेर ४० करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले बढेर ४० करोड १३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ८.९६ प्रतिशतले घटेर ३९ करोड ४४ लाख, सानिमा बंैकको २ प्रतिशतले घटेर ३९ करोड २ लाख र एनआईसी एशिया बैंकको १९.९२ प्रतिशतले बढेर ३१ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

साथसाथै, प्रभु बैंकको नाफा ४३ प्रतिशतले घटेर ३० करोड २३ लाख, सिटिजन्स बैंकको २० प्रतिशतले घटेर २७ करोड २४ लाख, स्टान्र्डड चार्टड बैंकको १२ प्रतिशतले घटेर २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकको ३० प्रतिशतले बढेर २६ करोड ५२ लाख, नेपाल एसबिआई बैंककाअ‍े ५२.३२ प्रतिशतले घटेर १५ करोड ८९ लाख र कृषि विकास बैंकको ९९.४७ प्रतिशतले घटेर ३७ लाख रुपैयाँमा सिमित भएको छ ।

505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका