जोडिनुहोस
शुक्रबार, अशोज १२, २०८०
शुक्रबार, अशोज १२, २०८०

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकहरुबाट एकैदिन निस्कियो १० अर्ब निक्षेप

वाणिज्य बैंकहरुबाट एकैदिन निस्कियो १० अर्ब निक्षेप

वाणिज्य बैंकहरुबाट एकैदिन १० अर्ब रुपैयाँ निक्षेप झिकिएको छ। पुस मसान्त नजिकिँदै जाँदा बैंकहरुको निक्षेप घट्न सुरु गरेको हो। सोमबार एकै दिन निक्षेप निस्किएको हो। जस कारण वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब ८० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन आइतबार ४६ खर्ब ९० अर्ब रुपैयाँ थियो। विकास बैंक र फाइनान्सबाट पनि एक अर्ब रुपैयाँ निस्किएको छ।

पुस मसान्त नजिकिए लगत्तै अग्रिम आयकर भुक्तानीमा निक्षेपको प्रयोग भएको छ। यसबीच सेयर बजार बढ्दा केही रकम त्यतातिर पनि गएको छ। बचतको पैसा सेयरमा लगानी हुन थालेको हो। जसको परिमाणत: दिनहुँ जस्तो कारोबार रकम ५ अर्ब रुपैयाँ नाघ्न थालेको छ।

एकातिर बैंक तथा वित्त संस्थाहरुको निक्षेप झन्डै १० अर्ब झिकिएको छ भने एकै दिन ५ अर्ब कर्जा लगानी भएको देखिन्छ। राष्ट्र बैंकका अनुसार, सोमबार वाणिज्य बैंकहरुले मात्रै ४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका हुन्। बाँकी विकास बैंक र फाइनान्सबाट पनि एक अर्ब रुपैयाँ ऋण गएको छ।

अग्रिम कर भुक्तानीका लागि ओभरड्राफ्ट नवीकरण हुने र कर्जा लिएर तिर्नेहरु ह्‍वात्तै बढेका हुन्। निक्षेप घट्ने र ऋण बढ्ने हुँदा सीडी रेसियो सामान्य बढेर ८६.६५ प्रतिशत पुगेको छ। अघिल्लो दिन ८६.४० प्रतिशत थियो। यसका बाबजुद अन्तर-बैंक ब्याजदर भने घटेर ६.१४ प्रतिशतमा ओर्लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका