जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • प्रभु बैंकका कर्मचारीले लोबुचे हिमाल आरोहण गरी फहराए बैंकको झण्डा

प्रभु बैंकका कर्मचारीले लोबुचे हिमाल आरोहण गरी फहराए बैंकको झण्डा

प्रभु बैंकका एक साहसी युवाले ऐतिहासिक सफलता हासिल गरेका छन् । बैंकका कर्मचारी बाेध किशोर लिम्बु ताङ्लिङले ६,११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा सफलतापूर्वक आरोहण गरी बैंकको झण्डा फहराएका छन् ।

​आज बिहान ७:१२ बजे ताङ्लिङले लोबुचेको शिखरमा प्रभु बैंकको झण्डा फहराएकाे हो। यो ऐतिहासिक उपलब्धिको साथमा, प्रभु बैंक लोबुचे हिमालको शिखरमा आफ्नो झण्डा पुर्‍याउने नेपालको पहिलो बैंक बन्न सफल भएको छ।

​आरोहणको यात्रा सहज भने थिएन। उचाइका कारण हुने स्वास्थ्य समस्या, अप्रत्याशित मौसमी अवस्था, र अन्य कठिन शारीरिक तथा मानसिक चुनौतीहरूको सामना गर्दै अदम्य साहस, प्रेरणा र दृढ संकल्पका साथ यो आरोहण सफल भएको हो।

​”बैंकिङ्ग सीमाभन्दा पर” को नारालाई चरितार्थ गर्दै यो सफलताले बैंकिङ्ग सेवा केवल कार्यालयको डेस्कमा मात्र सीमित नभएर कुनै पनि उचाइमा पुग्न सक्छ भन्ने प्रमाणित गरेको छ।

​आरोही बोध किशोर लिम्बु ताङ्लिङले प्रभु बैंकको एक गर्विलो सदस्यको रूपमा हिमालयको उचाइबाट बैंकको मूल्य-मान्यता र डिजिटल उत्पादनहरूलाई प्रवर्द्धन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए।

आरोही ताम्लिङ तथा ​प्रभु बैंकले यो सफलता सम्पूर्ण प्रभु बैंक परिवारप्रति समर्पित गरेको छ।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका